गाउँ सहर
राष्ट्रपतिद्वारा तीन देशका लागि आवासीय राजदूत नियुक्त
- गाउँ सहर संवाददाता
- १० श्रावण मंगलबार, २०७९ | १३:४०:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि आवासीय राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार स्पेन, रुसी महासंघ र डेनमार्कका लागि भण्डारीले राजदूत नियुक्त गरेकी हुन् ।
स्पेनका लागि शर्मिला पराजुली ढकाल, रुसी महासंघका लागि मिलनराज तुलाधर र डेनमार्कका लागि प्रा. डा. रामस्वार्थ रायलाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्ले राजदूतमा सिफारिस गरेपछि उनीहरुको नाम संसदीय सुनुवाइ समितिबाट नियुक्तिका लागि अनुमोदन भएको थियो । समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले नियुक्त गरेकी हुन् ।
त्यस्तै भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा भुटानका लागि गैरआवासीय राजदूतमा नियुक्त भएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस