प्रतिविद्यार्थी २३ हजार लगानी, त्रिविको वार्षिक बजेटभन्दा बेरुजु धेरै
- गाउँ सहर संवाददाता
- १० श्रावण मंगलबार, २०७९ | १८:१०:०० मा प्रकाशित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको आर्थिक अवस्था कमजाेर बन्दै गएको छ । विश्वविद्यालयले लक्ष्यभन्दा ५० प्रतिशत कममात्रै आम्दानी गर्दै गएको छ भने बेरुजु अर्बौं पुगेको छ ।
त्रिविमा ५ अध्ययन संस्थान, ४/४ वटा संकाय/अनुसन्धान केन्द्र, ६२ आंगिक क्याम्पस, ४० विभाग, ४ शिक्षण स्कुल र १ हजार ६० सम्बन्धन प्राप्त निजी कलेज छन् । त्यसमा १६ हजार ६२ दरबन्दीमध्ये करिब ६ हजार अवकाशमा गइसकेका छन् । करिब २ हजार श्रेणीविहीन कर्मचारी कार्यरत छन् । लक्ष्यअनुसार कमाइ गर्ने क्याम्पसको संख्या न्यून छ ।
त्रिविअन्तर्गतका संस्थान, संकाय, क्याम्पस र विभागले लक्ष्यअनुसार कमाइ गर्न सकेका छैनन् । गत वर्ष करिब ११ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिए पनि त्रिविले ५ अर्बमात्रै आम्दानी गर्यो । अघिल्लो आर्थिक वर्षमा १३ अर्ब २६ करोड ७१ लाख रुपैयाँ खर्च गरेको त्रिविले आन्तरिक आयबाट ३८ प्रतिशत मात्र खर्च धानेको थियो ।
त्रिविमा देभभर सञ्चालित विश्वविद्यालय, प्रतिष्ठानमध्ये सबैभन्दा बढी ७७ प्रतिशत विद्यार्थी अध्ययन गर्छन् । सरकारी अनुदानबाट त्रिविमा प्रतिविद्यार्थी २३ हजार लगानी हुँदै आएको छ । विश्वविद्यालय आर्थिक रूपमा कमजोर बन्दै गएको त्रिविको वार्षिक बजेटभन्दा बेरुजु धेरै छ । २२ अर्ब ९१ करोड रुपैयाँ बजेट पारित गरेको विश्वविद्यालयमा आर्थिक वर्ष ०७७/७८ वर्षसम्म बेरुजु २४ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।
नयाँ विश्वविद्यालयकाे स्थापना, शैक्षिक क्यालेन्डर, आंशिक तथा करार शिक्षक व्यवस्थापन, शैक्षिक निरन्तरता र गुणस्तर, भागबण्डा, निरन्तर बन्द, कमजाेर पूर्वाधारलगायतका समस्यासँग जुधिरहेकाे विश्वविद्यालयलाई विवि अनुदान आयोगले पछिल्ला वर्ष १० अर्ब रुपैयाँ हाराहारी अनुदान उपलब्ध गराउँदै आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस