बिस्तारै उकालाे चढ्दैछ नेप्से
- गाउँ सहर संवाददाता
- १३ श्रावण शुक्रबार, २०७९ | १५:४३:०० मा प्रकाशित
काठमाडौं । शुक्रबार नेप्से उकालो लागेको छ । बिहीबार १६ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज १२.९२ अंक बढेर बन्द भएको छ । गत कारोबारको तुलनामा ०.६१ प्रतिशतले बढेर नेप्से दुई हजार १४०.३९ को बिन्दुमा पुगेको छ ।
त्यस्तै, आज नेप्सेमा दुई अर्ब १९ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये १०३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ३६८.५० रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२८८.३० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ३.४८ प्रतिशतले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज १२ करोड ८६ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस