खेल

यू-१७ महिला साफ च्याम्पियनसिपमा नेपाल रहेको समूहमा भारत र भुटान

काठमाडौं । श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार यू-१७ साफको समूह विभाजन सार्वजनिक गरेको हो ।

नेपाल समूह 'बी' मा परेको छ  ।

नेपालको समूहमा भारत र भुटान रहेको छ ।

यस्तै समूह 'ए' मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ ।

श्रीलंकामा आयोजना हुने साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ ।

नेपालले यू-१७ साफका लागि खेलाडी छनोट गरिरहेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)  ले उर्जन श्रेष्ठलाई यू-१७ राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त समेत गरिसकेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत