आईएमएफकाे प्रक्षेपणः नेपालकाे आर्थिक वृद्धिदर ४ दशमलव २५ प्रतिशत, म्यानमारकाे सबैभन्दा कमजाेर रहने
- गाउँ सहर संवाददाता
- १४ श्रावण शनिबार, २०७९ | १६:०२:०० मा प्रकाशित
काठमाडौँ । बहुपक्षीय कर्जादाता निकाय अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२२ मा नेपालले अघिल्लो वर्षकै हाराहारीमा आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ ।
आईएमएफले ‘वर्ल्ड इकोनोमिक आउटलुक रिपोर्ट’ सार्वजनिक गर्दै सन् २०२२ मा नेपालले ४ दशमलव २५ आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको हो । नेपालले गत वर्ष अर्थात् सन् २०२१ मा पनि ४ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण थियो ।
आईएमएफले आगामी वर्ष अर्थात् सन् २०२३ मा भने नेपालले ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण पनि गरेको छ । सन् २०२१ मा एशिया क्षेत्रको औसत आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत थियो । तर, यसवर्ष ४ दशमलव २ प्रतिशतमा खुम्चने र आगामी वर्ष सामान्य बढेर ४ दशमलव ६ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ ।
दक्षिण एशिया क्षेत्रमा भारतले सबैभन्दा उच्च अंकको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान छ । भारतमा सन् २०२१ मा ८ दशमलव ७ प्रतिशत आर्थिक वृद्धि देखिएकोमा सन् २०२२ मा ७ दशमलव ४ प्रतिशत र सन् २०२३ मा ६ दशमलव १ प्रतिशत मात्रै हासिल हुने आईएमएफले बताएको छ ।
त्यसैगरी, यस वर्ष मलेशियाले ५ दशमलव १ प्रतिशत, फिलिपिन्सले ६ दशमलव ७ प्रतिशत, भियतनामले ७ प्रतिशत र इन्डोनेशियाले ५ दशमलव ३ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने अनुमान छ । सबैभन्दा कमजोर आर्थिक वृद्धिदर भने म्यानमारको १ दशमलव ६ प्रतिशत र जापानको १ दशमलव ७ प्रतिशत रहने प्रक्षेपण छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस