गाडीमा प्रतिबन्धित लागुऔषध बाेक्ने दुई जना पक्राउ
- गाउँ सहर संवाददाता
- १४ श्रावण शनिबार, २०७९ | २०:१४:०० मा प्रकाशित
झापा । गाडीमा प्रतिबन्धित लागुऔषध बाेक्ने दुई जना पक्राउ गरेकाे छ ।
झापा मेचीनगर नगरपालिका वडा नं.-६ काँकरभिट्टास्थित इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले प्र.३-०१-०२४ च ८००० नम्वरको गाडीलाई शंका लागि चेक जाँच गर्दा उनीहरू पक्राउ परेकाे प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
गाडी चालक बाह्रदशी गाउँपालिका वडा नं.-६ बस्ने वर्ष ३० का पुरन राई र गाडीमा सवार सप्तरी बोदेबर्साईन नगरपालिका वडा नं.-५ घर भई हाल विर्तामोड भगवान चौकस्थितमा डेरा गरी बस्ने वर्ष ३५ का नागेन्द्र कुमार यादव छन् ।
उनीहरूकाे साथबाट र गाडीमा लुकाई राखेको प्रतिबन्धित लागुऔषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ २ ग्राम ८०० मिलिग्राम फेला परेकोले गाडीसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको पाठकले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस