अर्थतन्त्र

मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट, ९ जनाले ११ कित्ता पाए

काठमाडौँ । मन्दाकिनी हाइड्रोपावरको आइपीओ मंगलबार (साउन १७ गते) बाँडफाँट भएको छ । गोलाप्रथामार्फत १ लाख ९ हजार ३७४ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् । जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा १५ लाख ४७ हजार ९४९ जनाले आवेदन दिएकामा १ हजार ६६५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक बीओके क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले साउन ९ गतेबाट १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । यस मध्ये ५% अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत