स्वास्थ्य

मङ्कीपक्सकाे शंका वा पुष्टि भएकाे व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, राेकथाम र नियन्त्रणका लागि जानाैँ यी कुरा

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेकाे छ- मङ्कीपक्स राेग भाइरसबाट हुने एक किसिमकाे सरूवा राेग हाे । नेपालमा हालसम्म याे राेग नदेखिए पनि विश्वका धेरै मुलुकहरूमा देखापरेकाेले आम नागरिकमा सचेतना ल्याउने उद्धेश्यले याे जानकारीमूलक सूचना प्रवाह गरिएकाे हाे ।

कसरी सर्छ ?

  1. घाउ-खटिरा-बिमिराकाे सम्पर्कबाट
  2. शरीरबाट निस्किएकाे तरल पदार्थबाट
  3. भाइरसबाट दूषित सतह र सामग्रीकाे प्रत्यक्ष सम्पर्कबाट
  4. संक्रमित बाँदर, मुसा, लाेखर्के लगायतका जनावर र भाइरस रहेकाे ओछ्यान र लुगाबाट पनि याे भाइरस फैलन सक्छ ।

निम्न अङ्गबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छः

  • काटिएकाे, बिमिरा वा फूटेकाे छाला
  • आँखा, नाक वा मुख
  • श्वासनली ।

लक्षणहरू के के हुन् ?

  • ज्वराे आउनु
  • डाबर देखा पर्नु
  • डाबर परिवर्तन हुँदै फाेका हुँदै पाप्रा लागेर उप्किनु
  • टाउकाे, ढाड र मांसपेशी दुख्नु
  • शरीरका ग्रन्थिहरू बढ्नु ।

सम्भावित जटिलताः

  1. आँखामा सङ्क्रमण र दृष्टि गुम्नु
  2. अन्य जीवाणुकाे सङ्क्रमण
  3. निमाेनिया
  4. मस्तिष्क ज्वर
  5. गर्भ खेर जानु
  6. मृत्यु ।

राेकथामका उपायहरूः

  • मङ्कीपक्सकाे शंका वा पुष्टि भएकाे व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने
  • संक्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसाेलेसनमा राख्ने
  • संक्रमित व्यक्तिकाे हेरचाह गर्नेले पूर्णरूपमा जनस्वास्थ्यका मापदण्डकाे पालना गर्ने
  • घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पञ्जा लगाउने
  • नियमित रूपमा साबुनपानीले हात धुने वा स्यानिटाइजरकाे प्रयाेग गर्ने
  • सङ्क्रमित व्यक्तिका लुगा, ताैलिया, ओछ्यान र भाँडाहरू ताताे पानी, साबुन वा डिटर्जेन्टले धुने
  • मङ्कीपक्सकाे संक्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरकाे सम्पर्कमा नजाने
  • सङ्क्रमितकाे सम्पर्कमा आएको व्यक्तिले पीसीआर परीक्षण गर्ने
  • सङ्क्रमितकाे सम्पर्कमा आएको सतह स्थान वा काेठा डिटर्जेन्टले निसङ्क्रमण गर्ने
  • मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने
  • फाेहाेरलाई उचित स्थानमा व्यवस्थापन गर्ने ।

गाउँ सहर संवाददाता

तपाईँको मत