एकै दिन झण्डै ११ सय काेराेना संक्रमित थपिए, दुईजनाको संक्रमणका कारण मृत्यु
- गाउँ सहर संवाददाता
- २४ श्रावण मंगलबार, २०७९ | १७:०५:०० मा प्रकाशित
काठमाडौं । पछिल्लो २४ घण्टामा झण्डै ११ सय काेराेना भाइरसले संक्रमित बिरामी थपिएका छन् ।
मंगलबार एकैदिन एक हजार ९० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
६ हजार ९०० नमुना परीक्षण गर्दा एक हजार ९० जनामा संक्रमण पुष्टि भएको हो ।
आज दुईजनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९७४ पुगेको छ ।
आज ४३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ८०६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९७ जना कोभिड १९ संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३०४, भक्तपुरमा २१ र ललितपुरमा ७२ जना संक्रमित थपिएका हुन् ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या तीन हजार ९६८ पुगेको छ ।
आज देशभर रहेका पाँच हजार ८०६ जना सक्रिय संक्रमितमध्ये पाँच हजार ५९३ जना होम आइसोलेसनमा र २१३ जना संस्थागत आइसोलेसन छन् ।
अस्पतालमा रहेकामध्ये ६१ जना आईसीयूमा र सातजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
प्रतिकृया दिनुहोस