गाउँ सहर

सांग्रिला डेभलपमेन्ट बैंककाे सीइओमा सुयोग श्रेष्ठलाई दाेस्राे कार्यकालका लागि निरन्तरता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा कार्यरत सुयोग श्रेष्ठ आगामी चार वर्षे कार्यकालका लागि फेरि नियुक्त भएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई यही भदौ १९ गतेदेखि लागू हुनेगरी सीइओमा पुनः नियुक्त गरेको हो ।

साग्रिला बैंक प्रवेश गरेसँगै उत्कृष्ट नजिता दिन सफल श्रेष्ठलाई संचालक समितिले फेरी दोस्राे कार्यकालको जिम्मेवारी दिएको हो । श्रेष्ठकाे पहिलाे कार्यकाल यही भदाै १६ गते सकिनेछ ।

श्रेष्ठले त्रिभुुवन विश्व विद्यालयबाट ब्यवस्थापनमा स्नातक तथा ईन्सिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ ईन्डीया, नयां दिल्लीबाट चार्टर्र्ड एकाउन्टेन्ट उत्तीर्ण गरेका छन् ।

यसरी बिभिन्न कर्मर्सियल बैंक तथा विकास बैंकको जिम्मेवारपूर्ण पदमा रही लामो बैंकिङ अनुुभव हासिल गरेका श्रेष्ठको पुन: थप गरिएको कार्यकाल तथा नयाँ नेतृत्वले सांग्रिला डेभपलमेन्ट बैंकलाई थप सफलता तथा उचाई प्रदान हुने संचालक समितिले विश्वास लिईएको छ ।

श्रेष्ठले चार वर्षको कार्यकालमा बैंकलाई निकै बलियो बनाएका छन् । यसअघि उनले हिमालयन बैंक, इन्भेष्टमेन्ट बैंक, एस डेभलपमेन्ट बैंकमा काम गरेका थिए ।

बैंकले देशभर ११२ शाखामार्फत् लाखौं ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । साथै बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत