डा. प्रकाशचन्द्र लोहनीकाे गुनासाे - राजसंस्थाको पक्षमा वकालत गर्दा पश्चगमनकारीको आरोप
- गाउँ सहर संवाददाता
- १४ असोज शुक्रबार, २०७९ | २१:५४:०० मा प्रकाशित
काठमाडाैँ । राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशको अभिभावकको रुपमा राजसंस्थाको पक्षमा पार्टीले वकालत गर्दा पश्चगमनकारीको आरोप लाग्ने गरेको भन्दै गुनासो गरेका छन् । डा. लाेहनीले संविधानको निरन्तर उलंघन गर्ने काम सत्तारुढ दलले गरेको भन्दै उनीहरुचाहिँ पश्चगमनकारी भएको आरोप लगाए । शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै लोहनीले यस्तो बताएका हुन् ।
उनले भने, ‘प्रजातन्त्रको खोल ओडेर प्रजातन्त्रलाई मास्ने काम सत्तारुढ दलबाट भइरहेको जिकिर गर्दै लोहनीले भने, ‘सत्तामा बसेका पश्चगमनकारी हुन् । संविधानको निरन्तर उलंघन हुनु प्रजातन्त्र हो ? प्रजातन्त्रको खोल ओडेर प्रजातन्त्रलाई मास्ने काम भइरहेको छ। भागबण्डा गर्नु नै अग्रगमन हो ? खुलेआम पदहरु बेच्ने काम भएको छ । कार्ल माक्स वा लेनिनले त्यही सिकाएका थिए ?’
लोहनीले भ्रष्टाचार, बेतिथि र अराजक प्रवृत्तिलाई राप्रपाले विरोध गर्ने बताए । लोहनीले नेपालीहरुलाई जोड्ने शक्तिमा रुपमा राजसंस्थाले काम गर्न सक्ने पनि जिकिर गरे । ‘नेपालमा राजसंस्था आवश्यक छ । कुनै व्यक्तिको मुख हेरेर होइन नेपालीहरुलाई जोड्ने शक्तिमा रुपमा त्यसले काम गर्न सक्छ’, लोहनीले भने, ‘हिमाल पहाड तराई सबैतिर यो संस्थाप्रति सम्मान छ । अभिभावकको रुपमा त्यसलाई राखेर उपयोग गर्नुपर्छ । शासन गर्न होइन ।’
उनले अगाडि भने, ‘विश्वका जहाँजहाँ राजतन्त्र छ, त्यहाँ राजसंस्थाले एकताको सन्देश दिएको छ। त्यसलाई हामी पनि एकताको रुपमा प्रयोग गर्न चाहान्छौँ ।’ लोहनीले मिश्र देशको हितको विषयमा सोच्ने व्यक्ति भएकाले उनलाई विजयी गराउन पार्टीका नेता कार्यकर्ता र आम नेता कार्यकर्तालाई आग्रह समेत गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बझाङ क्षेत्र नम्बर–१ ‘क’मा एमालेका दमनबहादुर भण्डारी निर्वाचित
- तातो हावाको लहर अझै बढ्ने
- लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयमा छलफल हुँदै
- नेपालमा कुल जनसंख्याको २० प्रतिशत अति उच्च परिवार
- राेहितले राम्राे खेलेपनि नेपालले १६१ रनको लक्ष्य पछ्याउन सकेन
- सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएकाेमा ग्लोबल आइएमई बैंक सम्मानित
- दोहोरो अंकले बढ्याे नेप्से, यस्ताे रह्याे शेयर काराेबार
- वेष्ट इन्डिज ‘ए’ ले दियाे जितका लागि नेपाललाई १६१ रनको लक्ष्य
- लगानी सम्मेलनमा के भने प्रधानमन्त्री प्रचण्डले ?
- देशभरका अशक्त र गरिब बिरामीले नि:शुल्क उपचारका लागि काठमाडाैं महानागरमा सम्पर्क गर्न सक्ने
प्रतिकृया दिनुहोस