डा. बाबुराम भट्टराई आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा किन उम्मेदवार बन्दै छैनन्
- गाउँ सहर संवाददाता
- १७ असोज सोमबार, २०७९ | १५:१०:०० मा प्रकाशित
काठमाडाैँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सोमबार मध्यान्ह पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फ आसन्न निर्वाचनमा गोरखा– २ बाट उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
०६४, ७० र ७४ मा गोरखा २ बाट विजयी गराएकोमा गोरखालीप्रति आभार व्यक्त गरेका छन् । भट्टराई आगामी निर्वाचनमा चुनावी प्रतिस्पर्धामा नउत्रिने भएका छन् । आफ्नो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका र केही सुरूभएका आयोजना पूरा हुन बॉकी रहेका उनले बताए ।
२०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउने–जाने र जनताको घरदैलोमा पुग्ने काम गरिराख्दा धेरै सिक्ने अवसर पाएको उनले बताए । आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहने उनको भनाइ छ ।
भट्टराईले लेखेका छन्, ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन । कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न र भन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन।’
तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता र समाजको सेवा गर्ने साधन भएको उनले बताए ।
‘म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु । म सबै गोरखाली दिदीबहिनी दाज्युभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ,’ उनले लेखेका छन् ।
आफू गोरखाली दिदीबहिनी दाजुभाइको साथमा हुने बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
- साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
प्रतिकृया दिनुहोस