राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, अभिभावकीय भूमिकामा राजसंस्था (पूर्णपाठ)
- गाउँ सहर संवाददाता
- १४ कार्तिक सोमबार, २०७९ | १२:३७:०० मा प्रकाशित
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी घोषणापत्र/प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
राजधानीमा आइतवार आयोजित एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
प्रतिबद्धतापत्रमा अभिभावकीय संस्थाको रुपमा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद् प्रस्तुत गरिएको छ ।
राप्रपाले प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना प्रस्तुत गरेको छ । एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्री जस्तो कार्यकारी पदमा बस्न नपाउने उसको अजेन्डा छ ।
राप्रपाले सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रको अजेन्डालाई निरन्तरता दिएको छ ।
'उच्चस्तरिय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्माचारीहरुको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था', प्रतिबद्धतापत्रमा भनिएको छ ।
राप्रपाले नीतिगत तथा कार्यगत क्षेत्रमा देखिएका भ्रष्टाचार तथा अनाचार अन्त्य गर्न स्वार्थको द्वन्द्व सम्बन्धी कानुन जारी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
घोषणापत्रमा राप्रपाले नेपाल बन्द जस्तो कार्यक्रम कहिल्यै नगर्ने प्रतिवद्धता समेत जनाएको छ । साथै सत्ता केन्द्रित राजनीति नगर्ने बताएको उसले भनेको छ, ‘आगामी दिनमा सत्ताभन्दा आफ्नो प्राथमिकताका मुद्दाहरु स्थापना गर्न केन्द्रित हुने ।’
पूर्णपाठ
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- काठमाडौंसहित आज देशभर वर्षा हुने, कतै कतै भारीसम्म सम्भावना
- प्रधानमन्त्री प्रचण्डको राजीनामा मागसहित केसीले थाले पशुपतिमा अनशन
- रवि लामिछानेमाथि छानबिन गर्न समिति नबनाए संसद् चल्न नदिने कांग्रेस बैठकको निष्कर्ष
- इपिएस परीक्षामा पाँच हजार ७५३ जना उत्तीर्ण
- आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा
- ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट पक्राउ परेका दुईकाे यस्ताे संलग्नता
- नेपाल टेलिकमले पायाे पाँच वर्षका लागि नयाँ लाइसेन्स
- “सरकार आफैँ निहुँ खोज्न, वातावरण बिर्गान आएको हो” : गगन थापा
- आगलागीका कारण पछिल्लो पाँच वर्षमा चार सय २२ जनाले ज्यान गुमाए, साढे नौ अर्ब बराबरको क्षति
- मन्त्रिपरिषद् बैठककाे निर्णयः सरकारको नीति तथा कार्यक्रम जेठ १ गते
प्रतिकृया दिनुहोस