राजनीति

एमालेले आज सार्वजनिक गर्दै चुनावी घोषणापत्र

काठमाडौं । प्रतिपक्षी गठबन्धनको नेतृत्वकर्ता नेकपा एमालेले आगामी मंसिर ४ गतेका लागि चुनावी घोषणापत्र आज (मंगलबार) सार्वजनिक गर्ने भएको छ । 

सत्ता गठबन्धनका प्रमुख दलहरुले घोषणापत्र सार्वजनिक गरिसकेपछि एमालेले मंगलबार आफ्नो घोषणापत्र सार्वजनिक गर्न लागेको हो । 

एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले आगामी ५ वर्षमा गर्न सकिने कामका योजना समेटेर मंगलबार घोषणापत्र जारी गर्न लागिएको जानकारी दिएका छन् । 

उनका अनुसार घोषणपत्र सार्वजनिकसँगै अध्यक्ष केपी शर्मा ओलीसँग लाइभ डिबेट पनि हुनेछ ।

‘हामी जे गर्न सक्छौँ, त्यो भन्न सक्छौँ। हामी जे भन्न सक्छौँ, त्यो गर्न सक्छौँ । हामी आगामी पाँच बर्षमा के–के गर्न सक्छौँ? दीर्घकालीन रुपमा देशलाई कसरी अगाडि बढाउन सक्छौँ ? नेकपा (एमाले)ले आज घोषणापत्रमार्फत् समृद्धिको मार्गचित्र सार्वजनिक गर्दैछ,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन् । 

नेपाली कांग्रेसलगायत दलहरुले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत