गाउँ सहर

भाेट दिनु अघि राम्ररी बुझाैँ, मतपत्र कस्ताे अवस्थामा बदर हुन्छ ?

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब केहिदिन मात्र बाँकी छ । उमेदवारहरू मत माग्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् । प्रचारप्रसार गरिरहेका छन् । जनताले कस्ताे निर्णय गर्लान भनेर भाेट मागिरहेका छन् । जनतापनि कसलाई भाेट दिँदा खेर जाँदैन भनेर नेतृत्व केलाइरहेका छन् ।

याे अवस्थामा मतदाताले कसरी मत हाल्दा गल्ति हुँदैन भनेर ध्यान दिनु जरूरी देखिन्छ । निर्वाचन आयोगले मतदानका लागि आवश्यक तयारी गरिरहेको छ । मंसिर ४ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

आयोगले मतपत्र बदर हुने अवस्थाका बारेमा जानकारी गराएको छ ।

मतपत्र बदर हुने यी हुन् अवस्थाः

१. मतपत्र च्यातिएमा,
२. मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएमा,
३. दुईवटा निर्वाचन चिह्न रहेको कोठाको बीचमा पर्ने गरी मतसंकेत गरेमा,
४. स्वस्तिक छाप नबुझिने गरी लतपतिएमा,
५. एकभन्दा बढी चिह्नमा मतसंकेत गरेमा,
६. निर्वाचन चिह्न रहेको कोठाभन्दा बाहिर मतसंकेत गरेमा,
७. मतपत्रमा स्वस्तिक छापबाहेक अरू कुनै संकेत जस्तै : औँठाछाप, हस्ताक्षर आदिले मतसंकेत गरेमा ।

गाउँ सहर संवाददाता

तपाईँको मत