एमालेले बागमतीमा छान्यो समानुपातिकका १४ सांसद, रामेछापबाट कार्की र श्रेष्ठ परे
- गाउँ सहर संवाददाता
- २४ मङ्सिर शनिबार, २०७९ | १८:१५:०० मा प्रकाशित
काठमाडौं । नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन हुने बागमती प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ ।
शनिबार बसेको सचिवालय बैठकले चयन गरेका १४ समानुपातिक सांसदमा ९ महिला र ५ जना पुरुष छन् । यो सूचीमा रामेछापबाट जिल्ला अध्यक्ष आनन्दकुमार श्रेष्ठ र नेतृ मायाकुमारी कार्की परेका छन् ।
खस आर्यको कोटाबाट कार्की र जनजातिको कोटाबाट श्रेष्ठ सांसद बनेका हुन् । श्रेष्ठ गत प्रतिनिधिसभाको लागि रामेछापबाट समानुपातिकको सूचिमा सिफारिस भएका थिए । तर सांसद बन्न सकेका थिएनन । प्रदेशसभा निर्वाचनमा यस पटक एमालेले रामेछापबाट २८ हजार ५ सय समानुपातिकतर्फ मत प्राप्त गरेकाे छ ।
हेर्नुहोस् सूची
खसआर्य महिला
भारती पाठक, मकवानपुर
अप्सरा चापागाईँ घिमिरे, ललितपुर
मायाकुमारी कार्की, रामेछाप
खसआर्य पुरुष
डा. दिनेशचन्द्र देवकोटा, गोरखा
हरिप्रसाद सापकोटा, चितवन
आदिवासी जनजाति महिला
विन्दु श्रेष्ठ, काठमाडौं
माइली तामाङ, सिन्धुपाल्चोक
सुकमाया तामाङ, सिन्धुली
सकुन्तला श्रेष्ठ राजभण्डारी, भक्तपुर
उर्मिला सुनवार, दोलखा (अल्पसंख्यक)
आदिवासी जनजाति पुरुष
आनन्दकुमार श्रेष्ठ, रामेछाप
ज्ञानबहादुर तामाङ, काठमाडौं
ठूला थामी, दोलखा (अल्पसंख्यक)
दलित
बालकुमारी विश्वकर्मा, चितवन
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
प्रतिकृया दिनुहोस