गाउँ सहर

पाेखरा विमान दुर्घटनामा ६८ जनाको शव फेला, ११ जनाको सनाखत

कास्की । सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । 
    
सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

उनका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ ।

विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये ११ जनाको सनाखत भएको छ । आइतबार बिहान भएको यती एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरूको परिवार तथा आफन्तको सहयोगमा सनाखत गरिएको हो । 

सनाखत हुनेहरूमा पोखरा १७ का निशान्त आचार्य, पोखरा १७ की २३ वर्षीया संगीता शाही, पोखरा ४ का ३८ वर्षीय डा. सुशील श्रेष्ठ, पोखरा ४ का  ३६ वर्षीय डा. सोना दिवाकर रहेका छन् ।

यस्तै, पोखरा १३ का सदाकत अलिमिया, पोखरा १९ की लक्ष्मी पौडेल, पोखरा २६ का पूर्णकुमार गुरुङको सनाखत भएको छ । 

यसैगरी पर्वतको कुश्मा १ का १० महिनाका रियान पौडेल, कुश्मा ९ की ११ वर्षीया प्रसिद्धी पौडेल, कुश्मा ९ का अरूण पौडेलको पनि सनाखत भएको छ ।

यसैगरी एकजना कोरियाली नागरिक यू क्युङ्घुलको पनि सनाखत भएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत