२ अर्ब ६९ करोड ८० लाख रुपैयाँकाे प्याज - ‘देशबासीले यसरी खान थालियाे’
- गाउँ सहर संवाददाता
- ९ माघ सोमबार, २०७९ | ०८:५०:०० मा प्रकाशित
काठमाडौँ । चालू आर्थिक वर्षको पछिल्लो ५ महीनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात भएको छ । भन्सार विभागकाे तथ्यांकले यसै भन्छ ।
अधिकांश भान्छामा प्रयोग हुने प्याज उत्पादन स्वदेशमै पनि ठूलो मात्रामा हुन्छ । तैपनि स्वदेशी उत्पादनले माग धान्न नसक्दा ठूलो परिमाणमा भारतलगायत मुलुकबाट आयात गर्नुपर्ने बाध्यता छ ।
विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को ५ महीना (साउन–मङ्सिर) मा नेपालले विभिन्न मुलुकबाट २ अर्ब ६९ करोड ८० लाख रुपैयाँ बराबरको ७३ हजार २ सय मेट्रिक टन प्याज आयात गरेको छ ।
आव २०७७/७८ मा ४ अर्ब ९५ करोड ८८ लाख रुपैयाँ बराबरको १ लाख २८ हजार ४ सय ५४ मेट्रिक टन प्याज आयात भएको छ । आव २०७८/७९ मा यो परिमाण बढेर १ लाख ७३ हजार ८ सय २९ मेट्रिक टन पुगेको छ । त्यसका लागि ६ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ बाहिरिएको छ ।
नेपालमा करीब २० हजार हेक्टर जमीनमा प्याज खेती गरिन्छ । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार वार्षिक करीब साढे २ लाख मेट्रिक टनजति प्याज स्वदेशमा उत्पादन हुन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जापान पठाउने भन्दै २१९ जनालाई ठग्ने पक्राउ
- ग्लोबल आइएमई बैंकको प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
प्रतिकृया दिनुहोस