गाउँ सहर

तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ सुरु

पाेखरा । चापाकोट पर्यटन प्रर्वद्धन समितिको आयोजनामा चापाकोट देउरालीमा हामीले तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ सुरु भएको छ । 

महोत्सवको उद्दघाटन गदै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले फेवातल जोगाउन पोखरा २३ का वडा बासीको महत्वपुर्ण भुमिका रहेको बताए । उनले फेवातालबाट अहिलेसम्म ६ र ७ लगायतकाले मात्र आम्दानी गरेको धारणा राख्दै अब पोखरा २३ का जनताले पनि फेवातालबाट आम्दानी लिने योजना ल्याउनुपर्ने बताए । पोखरा २३ जनताले उत्पादन गरेको खाध्यको बजार बनाउनुपर्ने बताए ।  

अरुको देशमा उत्पादन भएको अन्न भर नपरी नेपालमा नै कृषि उत्पादन बढाउन पर्ने बताए । 

प्रदेश सभा गण्डकी निर्वतमान संसद राजिव पहारी पोखरा २३ को विकाससको लागि आफूले पहल गरेको बताए । पहारीले पहिला वडाको कुनै क्षेत्रमा पक्की सडक नभएको र पुलको कारणले वडा बासीले दुःख पाएको जानकारी दिए । आफ्नो पहलमा नै पक्की पुलको लागि बजेट परेको सुनाउदै अहिले पोखरा २३ को मुहार फेरीएको सुनाए । यस्ता मेला महोत्सवले विकासमा सहगयोग गर्ने पहारीको भनाइ छ । 

वडा अध्यक्ष रामकाजी गुरुङले मेला महोत्सवले वडाको विकासमा सहयोग हुने धारणा राखे । समाजसेवी शिवलाल पराजुली, महोत्सव संयोजक चतनाथ देवकोटा, चापाकोट पर्यटन प्रर्वद्धन समिति अध्यक्ष भिम पराजुली लगायतले कार्यक्रममा भनाइ राखेका थिए । 

२८ गते सम्म हुने मेलामा २५ हजार भन्दा बढीले अवलोकन गर्ने लक्ष्य लिएको चापाकोट पर्यटन प्रर्वद्धन समिति अध्यक्ष भिम पराजुलीले जानकारी दिए । 

२८ गते सम्म हुनेमहोत्सवमा विभिन्न प्रतियोगिता समेत राखिएको छ । 

नौमती बाजा प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्वितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ । 

भजन प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्वितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ । 

रत्यौलि प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्वितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ । 

पुरुष दौड प्रतियोगितामा पहिलो हुनेलाई ५ हजार द्वितिय हुनेलाई ३ हजार रुपैयाँ तृतिय हुनेलाई २ हजार रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । महिला दौड प्रतियोगिमा पहिलो हुनेलाई ५ हजार द्वितिय हुनेलाई ३ हजार रुपैयाँ तृतिय हुनेलाई २ हजार रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । 

बाल नृत्यमा पहिलो हुनेलाई २ हजार ५ सय सुपैयाँ द्वितिय हुनेलाई २ हजार रुपैयाँ तृतिय हुनेलाई १ हजार ५ सय रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।  

दुना टपरी बुन्ने प्रतियोगितामा प्रथमहुनेलाई २ हजार द्वितिय हुनेलाई १ हजार ५ सय तृतिय हुनेलाई १ हजार र सान्तवना हुनेलाई ५ सय रुपयाँले सम्मान गरिने भएको छ । 

झाँकी प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार द्वितिय हुनेलाई ३ हजार तितृय हुनेलाई २ हजार रुपैयाँ र सान्तवना हुनेलाई १ हजार रुपैयाँले सम्मान गरिएको छ । घैटो फुटाउने प्रतियोगितामा पहिलो हुनेलाई १ हजारले सम्मान गरिने छ ।

विष्णुहरि पाैडेल

तपाईँको मत