गाउँ सहर

नेशनल लाइफ़ इन्स्योरेन्सद्वारा २३ लाख बराबर पूर्ण अशक्तता दावी भूक्तानी

काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाण्डू घण्टाघर शाखाले बिक्की गिरीलाई पूर्ण अशक्तता दावी बापतको २३ लाख ८७ हजार ६६० रुपैयाँ भुक्तानी गरेको छ ।

बर्दिबास स्थायी ठेगाना भइ काठमाडाैंकाे बानेश्वरमा बसोबास गर्दै आइरहेका गिरीलाई अकस्मात दुवै मृगौलाले काम गर्न छोडेर पूर्ण असक्त भएको हुनाले कम्पनीका काठमाण्डू शाखा प्रमुख जयराम धितालद्वारा उनको निवासमै एक सामान्य कार्यक्रमको बीचमा चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नेशनल लाइफ़ इन्स्योरेन्सका शाखा प्रमुख जयराम धितालले बीमाको आवश्यकता र महत्वका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै शाखा प्रमुख धितालले कर्म र भाग्य बीचमा अन्योन्याश्रित सम्बन्ध रहने बताउँदै बिक्की गिरीले समयमै जीवन बीमा गर्ने सुकर्म गरेका हुनाले जोखिमको अवस्थामा राहत प्राप्त गर्न सफल भएको बताउँदै सबैले आफ्नो हैसियत अनुसारको बीमा पोलिसी खरिद गर्नुपर्ने कुरामा जोड दिनुका साथै जीवनको पलपलमा जोखिम रहेको हुनाले जोखिम हस्तान्तरण गरि सुनिश्चित भविष्य निर्माण गर्न र नियमित बचतका लागि पनि बीमाको महत्वका बारेमा प्रकाश पारे । उनले बीमित गिरीको पूर्ण र सिघ्र स्वास्थ्य लाभको कामना गरे ।

कार्यक्रममा बीमितकी आमा साबित्री गिरीले आफ्नो ३४ वर्षिय छोराको अकल्पनीय रुपमा दुवै मृगौलाले काम गर्न नसक्ने अवस्थामा महँगाे उपचार खर्च र व्यवहार चलाउने पिरलाे परेको अवस्थामा नेशनल लाइफ इन्स्योरेन्सले पूर्ण अशक्तता बापतको यति ठूलो राहत प्रदान गरिदिएर अभिभावकीय दायित्व निर्वाह गरिदिएकोमा भन्दै अत्यन्त सुरक्षित महसुस गरेका बताइन् ।

बिमीत गिरीले २ बर्ष अघि नेशनल लाइफ इन्स्योरेन्सको २५ लाखको अमृत श्री आजिवन बिमालेख खरिद गरेका थिए । कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्सका मार्केटिङ्ग अफिसर सुजित शर्मा तथा एजेन्सि म्यानेजर सुमन श्रेष्ठको उपस्थिति रहेको थियो ।

तपाईँको मत