राप्रपा निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीद्वारा निर्देशन समिति विस्तार
- गाउँ सहर संवाददाता
- २५ माघ बुधबार, २०७९ | १८:५८:०० मा प्रकाशित
काठमाडाैँ । राप्रपा निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले निर्देशन समिति आज विस्तार गरेका छन् ।
निर्देशन समितिका अध्यक्ष लोहनीले समितिमा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, उपाध्यक्ष बुद्दिमान तामाङ, उपाध्यक्ष एवं सहरी विकास मन्त्री विक्रम पाण्डे, उपाध्यक्ष एवं कानुन मन्त्री धुर्व बहादुर प्रधान, उपाध्यक्ष रोशन कार्की, उपाध्यक्ष हेमजंग गुरूङ, उपाध्यक्ष मुकुन्द श्याम गिरी, त्यसैगरी महामन्त्री धवल शमशेर राणा, महामन्त्री एवं बागमती प्रदेश सभामुख भुवन पाठक, महामन्त्री कुन्ति कुमारी शाही, महामन्त्री राजेन्द्र गुरुङ, महामन्त्री प्रल्हाद साह, महामन्त्री शरदराज पाठक मनाेनयन भएका छन् ।
त्यसैगरि मनाेनयन हुनेहरूमा वरिष्ठ नेता दिपक वोहरा, जयन्त चन्द, निरन्जन थापा, उद्दव पौडेल र राम कुमार सुब्बा रहेका छन् । आमन्त्रित सदस्यमा कोषाध्यक्ष निलकण्ठ काफ्ले र ऋषिवावु परियारलाई मनोनयन गरेकाे समितिले जनाएकाे छ ।
राप्रपा विधानको धारा ४१ अनुसार उनले यो समिति विस्तार गरेका हुन ।
समितिमा विधानत पार्टीका अध्यक्ष तथा पूर्व अध्यक्ष र पार्टीबाट चुनिएका प्रधानमन्त्री पदेन सदस्य रहने व्यवस्था छ । जस अनुसार पूर्व प्रम लोकेन्द्रबहादुर चन्द, पूर्व अध्यक्ष पशुपतिशमशेर राणा र अध्यक्ष राजेन्द्र लिङदेन पदेन सदस्य रहने छन् ।
निर्देशन समितिले नीति निर्माण गर्ने, सरकारमा सहभागीता वा राजनीतिक नियुक्तिको लागि सिफारिस सहित निर्णय गर्ने उल्लेख छ । योसंगै समितिले राप्रपाको अब सरकार सम्बन्धी महत्त्वपूर्ण विषयहरुमा अन्तिम निर्णय गर्ने अधिकार राख्नेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बझाङ क्षेत्र नम्बर–१ ‘क’मा एमालेका दमनबहादुर भण्डारी निर्वाचित
- तातो हावाको लहर अझै बढ्ने
- लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयमा छलफल हुँदै
- नेपालमा कुल जनसंख्याको २० प्रतिशत अति उच्च परिवार
- राेहितले राम्राे खेलेपनि नेपालले १६१ रनको लक्ष्य पछ्याउन सकेन
- सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएकाेमा ग्लोबल आइएमई बैंक सम्मानित
- दोहोरो अंकले बढ्याे नेप्से, यस्ताे रह्याे शेयर काराेबार
- वेष्ट इन्डिज ‘ए’ ले दियाे जितका लागि नेपाललाई १६१ रनको लक्ष्य
- लगानी सम्मेलनमा के भने प्रधानमन्त्री प्रचण्डले ?
- देशभरका अशक्त र गरिब बिरामीले नि:शुल्क उपचारका लागि काठमाडाैं महानागरमा सम्पर्क गर्न सक्ने
प्रतिकृया दिनुहोस