वातावरण

प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली

काठमाडाैँ । आज २०७९ फागुन ७ गते (आइतबार), माैसम विभागका अनुसार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत