दिगोविकास

जसपाको प्रदेश नं १ को अध्यक्षमा दीपक याक्खा चयन

इटहरी । जनता समाजवादी पार्टी, नेपालको प्रदेश नं १ को अध्यक्षमा दीपक याक्खा चयन भएका छन् । 

प्रदेश कार्यालय इटहरीमा मङ्गलबार बसेको प्रदेश समितिको पूर्ण बैठकबाट उनलाई अध्यक्ष चयन गरिएको हो । उनी यस अघि समितिको उपाध्यक्ष रहेर कार्य गरेका थिए । 

प्रदेश समितिले सोमबार र मङ्गलबार गरी दुई दिन बैठक र प्रशिक्षणको आयोजना गरेको थियो । 

सोमबार आयोजित प्रशिक्षण कार्यक्रममा पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई, कार्यकारिणी समिति सदस्यहरु रकम चेम्जोङ, रणध्वज कन्दङ्वा, परशुराम बस्नेत लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए । 

पार्टीको विधान अधिवेशनको समय नजिकिएसँगै जसपाले संगठनहरु गठन, पुनर्गठन र अभिलेख सङ्कलनको कार्यलाई तिव्रता दिइएको छ । 
 
 

गाउँ सहर संवाददाता

तपाईँको मत