स्ववियु चुनावको प्रचारप्रसार खुला तर रङ्गरोगन र पोस्टर टाँस्न नपाइने
- गाउँ सहर संवाददाता
- ३० फाल्गुण मंगलबार, २०७९ | १०:२२:०० मा प्रकाशित

काठमाडाैं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि उम्मेदवारीको अन्तिम नामावली प्रकाशन भएसँगै प्रचार प्रसार गर्न खुला गरिएको छ । फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानबिन र उम्मेदवारी फिर्ता गरेपछि हिजो अन्तिम नामावली प्रकाशन गरिएको हो ।
अन्तिम नामावली प्रकाशन भएसँगै अब उम्मेदवार प्रचार प्रसार गर्न पाउनेछन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारले पर्सि चैत २ गते राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् ।
स्ववियु निर्वाचनको आचारसंहितामा प्रचार प्रसार गर्दा रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख छ । स्ववियु चुनाव अन्तर्गत मतदान चैत ५ गते हुनेछ । बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ ।
त्रिभुवन विश्वविद्यालयका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुन लागेको हो । केही क्याम्पसमा भर्ना विवादका कारणले रोकिएको प्रकृया सम्बन्धित क्याम्पस प्रमुखलाई विवाद समस्या समाधान गरेर थाल्न पनि निर्देशन दिइएको निर्देशक अधिकारीले बताए ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नीति तथा कार्यक्रममा आजबाट संसदमा छलफल हुने
- ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न
- बिहानैदेखि वर्षा, यस्तो छ दिनभरको मौसम पूर्वानुमान् ?
- आजदेखि कक्षा १२ को परीक्षा, ५ लाख ११ हजार विद्यार्थी सहभागी हुँदै
- 'पृथ्वीनारायण शाहले मेरो देश हो भन्ने अनुभूति गर्ने अवस्था विकास गरे'
- १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क, अस्पताललाई अनलाइन सेवामा आबद्ध गर्ने
- यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- विद्यालय कर्मचारी परिषद्ले गर्यो आन्दोलनको घोषणा
- आज संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय
- बुधबार रातिदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
प्रतिकृया दिनुहोस