बढ्न थाले आईसीयू र भेन्टिलेटरमा काेभिडका बिरामी, संक्रमित दिनहुँ थपिँदै
- गाउँ सहर संवाददाता
- २३ चैत बिहीबार, २०७९ | १७:५२:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । बिहीबार देशभर ८५ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यो अवधिमा १ हजार ४०२ जनामा गरिएको परीक्षणमा ८५ जना संक्रमित थपिएका हुन्।
संक्रमण बढ्दै जाँदा पछिल्ला दिनमा आईसीयूमा विरामी हुने संक्रमित पनि बढ्न थालेका छन्। मन्त्रालयको विवरण अनुसार हाल काठमाडौंमा ४ जना संक्रमित आईसीयूमा, एकजना भेन्टिलेटरमा र १७ जना संस्थागत आइसोलेशनमा रहेका छन्।
यस्तै सक्रिय संक्रमितको संख्या पनि ३५८ जना पुगेको छ। यस्तै आज २७ जना संक्रमित संक्रमणमुक्त समेत भएका छन्।
क्रमण बढ्दै गएको भन्दै यसअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संक्रमणबाट बच्न खोपको बुस्टर डोज लगाउन आग्रह गरेको छ।
मन्त्रालयले सूचना निकाल्दै कोरोना विरुद्धको खोप नलगाएकाहरूले नजिकैको स्वास्थ्य संस्थाबाट खोपको जानकारी लिई आवश्यकता अनुसार पहिलो, दोस्रो वा बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको हो।
यस्तै घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, ज्वरो आउने, खोकी लाग्ने, हाच्छ्युँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, थकान महसुस हुनेजस्ता मिल्दाजुल्दा लक्षण देखिए बेवास्ता नगरी जनस्वास्थ्यका मापदण्ड पूर्णपालना गर्न र आवश्यक परीक्षण गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ।
यसका साथै बढ्दो कोभिड सङ्क्रमणबाट बच्न नाक, मुख,चिउँडो छोपिने गरी माक्स लगाउन, बेलाबेलामा साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न, खोक्दा वा हाच्छ्युँ गर्दा रुमाल वा कुहिनोको प्रयोग गर्ने, कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्न समेत मन्त्रालयको सुझाव छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पेट्रोलियम पदार्थकाे मूल्य घटबढ
- बीपी राजमार्गमा राति गाडी चलाउन १५ भदौसम्म रोक
- यस्ताे देखियाे वाणिज्य बैंकहरूको नाफा
- नेपालले टप एण्ड टी-२० सिरिज एनटी स्ट्राइकसँग खेल्दै
- रिलायन्स इन्टरनेशनल एकेडेमी 'एकेडेमी एक्सिलेन्स अवार्ड' द्वारा सम्मानित
- सुस्त सुस्त शेयरबजार, कारोबार रकममा सुधार
- बढ्यो आर्थिक अपराधमा धेरै कसुर बैंकिङका
- काठमाडाैं महानगरद्वारा विद्यालयको अनुमति खारेजी प्रक्रिया सुरु, २५ वटा विद्यालयको नाम परिवर्तन
- शनिश्चरे–खुदुनाबारी जोड्ने बिरिङ खोलाको पुल बाढीले भत्कायो
- दुई कारोबार दिनदेखि घटेर बन्द भइरहेको नेप्से परिसूचक बुधबार पनि घटेर बन्द
प्रतिकृया दिनुहोस