शिक्षा

रिलायन्स इन्टरनेशनल एकेडेमी 'एकेडेमी एक्सिलेन्स अवार्ड' द्वारा सम्मानित

काठमाडौं । काठमाडाैं बुढानीलकण्ठमा रहेकाे रिलायन्स इन्टरनेशनल एकेडेमीले ‘एकेडेमी एक्सिलेन्स अवार्ड, २०८१’ द्वारा सम्मानित भएकाे छ ।

२०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नेपालभरबाटै सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल रिलायन्सलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काठमाडाैंले सम्मान गरेकाे हाे । 

रिलायन्स इन्टरनेशलन एकेडेमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नेपालभरबाटै २० जना विद्यार्थीले ४ जीपीएसहित सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल थियाे । एसइईमा कुल १०२ जना परीक्षार्थी सहभागी रहेकोमा ७८ जनाले ३.६० देखि ३.९९ जीपीए, ५ जनाले ३.३३ देखि ३.५९ जीपीए प्राप्त गरेका थिए । 

सम्मानितपछि विद्यालयका प्राचार्य खेमलाल भुषालले देशभरबाट एसइईमा सबैभन्दा धेरै ४ जीपीए ल्याउन सफल भइ सम्मानित भएकाेमा खुशी ब्यक्त गरे ।

प्राचार्य भुसालले भने-'गुणस्तरिय शिक्षा हाम्राे पहिलो सर्त हो । त्यससँगै विद्यार्थीको सर्वाङ्गीण विकासमा रिलायन्सले जोड दिँदै आएको छ । पढाईका साथसाथै विद्यार्थीलाई जिम्मेवार एवं असल नागरिक बन्न प्रेरित गर्ने शैक्षिक वातावरणका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा पनि जाेड दिँदै आएकोले याे नतिजा प्राप्त भएकाे हाे । याे अवार्ड शिक्षक, विद्यार्थी, अभिभावकसहित समग्र विद्यालय व्यवस्थापनप्रति समर्पित गर्न चाहन्छु ।' 

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित कपन मिलनचाेकमा रहेको एकेडेमीले एसएसीदेखि एसईईसम्म आइपुग्दा उत्कृष्ट नतिजा हात पार्दै आएको छ । २०५० सालदेखि सञ्चालनमा रहेको उक्त एकेडेमीले २०७० सालको एसएलसी र २०७५ सालको एसईई परीक्षामा समेत उत्कृष्ट नतिजा हासिल गरेको थियो । २०७९ काे एसईई बागमती प्रदेशमा संस्थागत विद्यालयतर्फबाट नतिजामा पहिलो बनेर बागमती प्रदेश सरकारबाट सम्मानितसमेत भएको थियाे भने गत वर्ष दाेस्राे भएकाे थियाे ।

प्याब्सन जिल्ला कार्यसमितका अध्यक्ष नवराज भट्टका अनुसार कार्यक्रममा एसइईमा उत्कृष्ट र सतप्रतिशत नतिजा ल्याउने काठमाडाैँ जिल्लाभित्र रहेका निजी विद्यालय, विद्यार्थी, शिक्षकहरूलाई सम्मान गरिएकाे थियाे । 

गाउँ सहर संवाददाता

तपाईँको मत