अर्थतन्त्र

सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्ष सत्यालले लिए पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष उज्ज्वल सत्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

१८ औँ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालक समितिका अध्यक्ष सत्यालले नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर श्रीमती निलम ढुङ्गाना तिम्सिनासमक्ष शपथ ग्रहण गरेका हुन् ।

अन्य सञ्चालकहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गर्ने बैंकले जनाएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत