पछिल्लाे २४ घण्टामा १३६ जनामा काेराेना सङ्क्रमण पुष्टि, ११ जना आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत
- गाउँ सहर संवाददाता
- १ बैशाख शुक्रबार, २०८० | १६:२४:०० मा प्रकाशित

काठमाडाैं । पछिल्लाे २४ घण्टामा एक सय ३६ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । एक हजार चार सय २४ जनाकाे नमुना परीक्षण गर्दा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
यही अवधिमा ६८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले सक्रिय सङ्क्रमितकाे सङ्ख्या चार सय एक रहेकाे पनि मन्त्रालयले जनाएकाे छ । २४ घण्टामा ६४ हजार आठ सय ५७ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका छन् ।
यस्तै काठमाण्डाै उपत्यकामा रहेका सङ्क्रमितमध्ये ३२ जना आइसोलेसन, ११ जना सघन उपचार कक्ष (आईसीयू) मा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।
केही दिनयता नेपालमा काेराेना भाइरसकाे सङ्क्रमण बढिरहेकाे छ । सङ्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डकाे पालना गर्न र काेराेनाविरुद्धकाे खाेप लगाउन मन्त्रालयले आग्रह गरेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पेट्रोलियम पदार्थकाे मूल्य घटबढ
- बीपी राजमार्गमा राति गाडी चलाउन १५ भदौसम्म रोक
- यस्ताे देखियाे वाणिज्य बैंकहरूको नाफा
- नेपालले टप एण्ड टी-२० सिरिज एनटी स्ट्राइकसँग खेल्दै
- रिलायन्स इन्टरनेशनल एकेडेमी 'एकेडेमी एक्सिलेन्स अवार्ड' द्वारा सम्मानित
- सुस्त सुस्त शेयरबजार, कारोबार रकममा सुधार
- बढ्यो आर्थिक अपराधमा धेरै कसुर बैंकिङका
- काठमाडाैं महानगरद्वारा विद्यालयको अनुमति खारेजी प्रक्रिया सुरु, २५ वटा विद्यालयको नाम परिवर्तन
- शनिश्चरे–खुदुनाबारी जोड्ने बिरिङ खोलाको पुल बाढीले भत्कायो
- दुई कारोबार दिनदेखि घटेर बन्द भइरहेको नेप्से परिसूचक बुधबार पनि घटेर बन्द
प्रतिकृया दिनुहोस