थप एकजना काेराेना संक्रमितको मृत्यु, ७ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत
- गाउँ सहर संवाददाता
- ९ बैशाख शनिबार, २०८० | १८:०९:०० मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार २७ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार १४८ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा ७८ को नतिजा पोजिटिभ आएको हो । २२४ नमुनाको पीसीआर परीक्षण गर्दा २० र ९२४ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५८ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ५० जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ९० हजार १४७ पुगेको छ ।
हाल देशभर २५ संक्रमित आइसोलेसनमा छन् । अस्पतालमा रहेका कोरोना संक्रमितमध्ये सात आईसीयू र तीनजना भेन्टिलेटरमा उपचाररत छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३८३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पेट्रोलियम पदार्थकाे मूल्य घटबढ
- बीपी राजमार्गमा राति गाडी चलाउन १५ भदौसम्म रोक
- यस्ताे देखियाे वाणिज्य बैंकहरूको नाफा
- नेपालले टप एण्ड टी-२० सिरिज एनटी स्ट्राइकसँग खेल्दै
- रिलायन्स इन्टरनेशनल एकेडेमी 'एकेडेमी एक्सिलेन्स अवार्ड' द्वारा सम्मानित
- सुस्त सुस्त शेयरबजार, कारोबार रकममा सुधार
- बढ्यो आर्थिक अपराधमा धेरै कसुर बैंकिङका
- काठमाडाैं महानगरद्वारा विद्यालयको अनुमति खारेजी प्रक्रिया सुरु, २५ वटा विद्यालयको नाम परिवर्तन
- शनिश्चरे–खुदुनाबारी जोड्ने बिरिङ खोलाको पुल बाढीले भत्कायो
- दुई कारोबार दिनदेखि घटेर बन्द भइरहेको नेप्से परिसूचक बुधबार पनि घटेर बन्द
प्रतिकृया दिनुहोस