अर्थतन्त्र

सरकारले ट्रेजरी बिलमार्फत २७ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने

काठमाडौं । केन्द्रीय बैंकले सोमबार पुरानो ट्रेजरीसहित नयाँ ट्रेजरी जारी गर्न लागेको छ । उक्त ट्रेजरी आइतबार बोलकबोल हुँदैछ । ट्रेजरी बिलमार्फत २७ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो । 

बैंकका अनुसार २८ दिने ट्रेजरीका लागि ४ अर्ब रुपैयाँ छुट्टयाइएको छ भने ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १३ अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँ छुट्टयाइएको छ ।  जसमध्ये ९१ दिने र १८२ दिने गरी ६ अर्ब रुपैयाँ मात्र नयाँ ट्रेजरी जारी गर्न लागिएको हो भने बाँकी सबै रकम पुरानो ट्रेजरीको नवीकरण गर्न लागिएको हो । यसअघि वैशाख ११ गते राष्ट्र बैंकले २८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत