'नेपाल रिपब्लिक मिडिया'को आईपीओ बिक्री आजदेखि खुला
- गाउँ सहर संवाददाता
- ३१ बैशाख आइतबार, २०८० | ११:१८:०० मा प्रकाशित
काठमाडौं । नेपाल रिपब्लिक मिडियाले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको छ । लगानीकर्ताले यस आईपिओमा जेठ १४ गतेसम्ममा आवेदन दिन सक्नेछन् । नेपाल रिपब्लिक मिडिया नागरिक दैनिकको मूल संस्था हो ।
यस मिडियाले सर्वसाधारणलाई जेठ २६ गतेदेखि आईपीओ जारी गर्दैछ । नेपालमा पहिलो पटक मिडिया हाउसले आइपीओ बिक्रीमा ल्याएको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्कासन गरेको छ । यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा सर्वसाधारणले जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने असार ८ गतेसम्म आईपीओ खुला रहनेछ । कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
यसमध्ये कर्मचारीहरूका लागि ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर छुट्टाइएको छ । बाँकी ३५ लाख २५ हजार ९३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यस आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको जनाउने ‘आइआरएन बी प्लास रेटिङ’ प्रदान गरेको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- टी–२० विश्वकप खेल्ने नेपाली टोलीलाई क्यानको बिदाइ (तस्बिरहरू)
- सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय
- जापान पठाउने भन्दै २१९ जनालाई ठग्ने पक्राउ
- ग्लोबल आइएमई बैंकको प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
प्रतिकृया दिनुहोस