शिक्षा
चाबहिल वरपर कलेजका तीन केन्द्राध्यक्ष राष्ट्रिय परीक्षा बोर्डको कारबाहीमा
- गाउँ सहर संवाददाता
- २ जेठ मंगलबार, २०८० | १५:१७:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ । बोर्डले वैशाख २७ गतेदेखि सञ्चालन गरिरहेको कक्षा १२ को परीक्षामा तीन जना केन्द्राध्यक्षले परीक्षाको मर्यादा विपरीत काम गरेको भन्दै कारबाही गरेको छ ।
बोर्डले मित्रपार्कमा रहेको टेक्सास इन्टरनेसनल सेकेन्डरी स्कुलका केन्द्राध्यक्षले परीक्षाको मर्यादा विपरीत काम गरेको भन्दै बर्खास्त गरेको छ ।
त्यस्तै कैलाशकुट बहुमुखी क्याम्पस, मित्रपार्कका केन्द्राध्यक्ष र कुमारी आवासीय मावि बौद्धका केन्द्राध्यक्षले परीक्षाको उचित वातावरण कायम गर्न नसकेको भन्दै सचेत गराएको छ । बोर्डले सूचना जारी गर्दै तीन जना केन्द्राध्यक्षलाई कारबाही गरिएको जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- टी–२० विश्वकप खेल्ने नेपाली टोलीलाई क्यानको बिदाइ (तस्बिरहरू)
- सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय
- जापान पठाउने भन्दै २१९ जनालाई ठग्ने पक्राउ
- ग्लोबल आइएमई बैंकको प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
प्रतिकृया दिनुहोस