अर्थतन्त्र

पुनरकर्जा रु.३ अर्ब ५६ करोड लगानीमा

काठमाडाैँ । नेपाल राष्ट्र बैंकका अनुसार सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०८० वैशाख मसान्तमा रु.३ अर्ब ५६ करोड लगानीमा रहेको छ । आर्थिक वर्ष २०७९८० को दश महिनाको तथ्याङ्कमा साे कुरा उसले बताएकाे हाे ।

उसले भनेकाे छ, २०८० वैशाख मसान्तमा १ लाख ४६ हजार ८ सय ६६ ऋणीलाई प्रवाह भएको रु.२०३ अर्ब २५ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ७ सय १३ ऋणीलाई प्रवाह भएको रु.१३८ अर्ब ८८ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ३ सय ५८
महिला उद्यमीलाई प्रवाह भएको रु.६१ अर्ब ३१ करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७ सय ९५ ऋणीको रु.३ अर्ब ७ करोड कर्जा बक्यौता रहेको छ ।

उसका अनुसार “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०८० वैशाख मसान्तमा रु.७४ करोड ८५ लाख बक्यौता रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत