भायानेट सीईओ वर्ष २०२३ को व्यावसायिक महिलाको रूपमा सम्मानित
- गाउँ सहर संवाददाता
- २९ असार शुक्रबार, २०८० | १७:३५:०० मा प्रकाशित
काठमाडौँ। "स्ट्यान्डर्ड चार्टर्ड प्रिजेन्ट्स न्युबिज बिजनेस वुमन समिट एण्ड अवार्ड २०२३" मा आयोजित एक समारोहमा भायानेट कम्युनिकेशन लिमिटेडकी सीईओ सेवा पाठक बोहरालाई वर्षको व्यावसायिक महिला २०२३ बाट सम्मानित गरिएकाे छ। यस पुरस्कारले बोहराको उत्कृष्ट नेतृत्व र आईएसपी क्षेत्रमा आविष्कार र महिला सशक्तिकरणको लागि अटल प्रतिबद्धता झल्काउँछ।
सीईओ बोहराको चार्टर्ड एकाउन्टेन्टदेखि नेपालको प्रमुख मध्यको एक आईएसपी कम्पनीको नेतृत्वसम्मको यात्रा उनको समर्पण र असाधारण नेतृत्व क्षमताको प्रमाण हो। सन् २०११ मा नेपालमा पहिलो पटक फाइबर टु द होम (FTTH) प्रविधि पहिलो पटक नेपालमा संचालनमा ल्याउने टोलीको अभिन्न अंगको रूपमा, उनले नेपाली घर-घरमा इन्टरनेट जडानको अनुभव गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी छन्।
सीईओ बोहराको दूरदर्शी मार्गदर्शनमा, भायानेट कम्युनिकेसन लिमिटेडले ९० शहरहरूमा आफ्नो नेटवर्क विस्तार गरेको छ, ५१ शाखाहरू स्थापना गरेको छ र १५०० भन्दा बढी कर्मचारीहरूलाई रोजगारी दिएको छ।
भायानेट कम्युनिकेशन लिमिटेडमा, बोहराको नेतृत्वले नवप्रवर्तन र ग्राहक सन्तुष्टिको लागि अथक प्रयासलाई अघि बढाएको छ। कम्पनी अत्याधुनिक उत्पादन र सेवाहरू प्रदान गर्न समर्पित छ जसले आफ्ना ग्राहकहरूको विकासशील आवश्यकताहरू पूरा गर्दछ। भरपर्दो र उच्च गतिको इन्टरनेट लाई देशका बिभिन्न शहर र दुरदराजमा समेत सेवा बिस्तार गरेर व्यक्ति र व्यवसायहरूलाई डिजिटल युगमा फस्टाउन सक्षम बनाउँदै सिमलेस कनेक्टिभिटी सुनिश्चित गर्ने भायानेटको निरन्तर प्रयास रहेकाे कम्पनीले बताएकाे छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज आमाको मुख हेर्ने दिन, आमाबाट आशीर्वाद लिई मनाइँदै
- सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड बढी जरिवाना
- शेयरबजार : नेप्सेमा सामान्य अंककाे वृद्धि
- एन आई सी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- प्रभु बैंक ग्राहक र कर्मचारीहरुलाई समर्पण हेल्थ केयर सेन्टर विशेष छुट हुने
- गण्डकी सरकारविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट
- एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
- एनआईसी एशिया बैंकद्वारा भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा छुट
- ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता
- अशोक राई नेतृत्वको पार्टी 'जसपा' निर्वाचन आयोगमा दर्ता
प्रतिकृया दिनुहोस