कला
सुरेशकुमारकाे गजल
- सुरेशकुमार पाण्डे
- ३० असार शनिबार, २०८० | ०७:०९:०० मा प्रकाशित

दिनदिनै लुटेराहरूको यहाँ मेला हुन्छ,
हाम्रो देशभित्र देशद्रोहीको भेला हुन्छ।
काम खोज्ने, काम गर्छौँ पढेका युवाले,
विदेशीको गैंचीले हात भरी ठेला हुन्छ।
भन्छन् गरिब मुक्तगर्छौं धेरै पार्टीहरूले,
जताहेर्छौँ उता धनमान बन्ने खेला हुन्छ।
गरिब मुक्ति आन्दोलन भित्रकै नेता पनि,
जब संसद भित्र पुग्छ उनैको चेला हुन्छ।
गरिब देश लाछी नेता विनारोजगार युवा,
त्यसैले सधैँ यो देशका जनता हेला हुन्छ।
प्रतिकृया दिनुहोस