यस्ताे आयाे यसपालीकाे मौद्रिक नीति (पूर्णपाठसहित)
- गाउँ सहर संवाददाता
- ७ श्रावण आइतबार, २०८० | १४:२७:०० मा प्रकाशित
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत घरजग्गा कारोबारमा यसअघिको नीतिलाई निरन्तरता दिएको छ ।
यसअघि अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिले घरजग्गा धितोमा कर्जा लिँदा फेयर बजार मूल्यको अनुपातमा काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानमा बढीमा ४० प्रतिशतसम्म मात्रै लिन पाइने व्यवस्था गरेको थियो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि यो नीतिमा कुनै परिवर्नत गरिएको छैन ।
‘बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको बजारमूल्य बीचको अनुपात काठमाण्डौ उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरिनेछ,’ गत सालको मौद्रिक नीतिमा उल्लेख थियो । राष्ट्र बैंकले यसमा कुनै परिवर्तन नगरेको हो ।
घरजग्गा व्यवसायलाई अनुत्पादक मान्दै राष्ट्रबैंकले यसमा जाने कर्जामा कडाइ गर्दै आएको छ । तर, बैंक तथा वित्तीय संस्थाले अधिकांश ऋण घरजग्गाकै धितोमा दिने गरेका छन् । आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म नेपालका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये ६८ प्रतिशत घर तथा जग्गाको धितोमा प्रवाह भएको छ ।
सो अवधिमा बैंक तथा वित्तीय संस्थाले कुल ४८ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा ३३ खर्ब ३ अर्ब बराबरको ऋणमा धितोस्वरुप घर तथा जग्गा राखिएको नेपाल राष्ट्रबैंकको तथ्यांक छ ।
घरजग्गा व्यवसायीहरुले घर जग्गा धितोमा कर्जा सीमा ७० प्रतिशत पुर्याउन माग गरेका थिए । तर, राष्ट्र बैंकले यसमा नीतिगत रुपमा कुनै सहुलियत नदिएको हो ।
तर, पहिलो घर खरिद गर्ने सर्वसाधारणलाई भने मौद्रिक नीतिले केही सहुलियत दिएको छ । पहिलो घर खरिद गर्ने व्यक्तिलाई दिने ऋणको सीमा २ करोड रुपैयाँ पुर्याइएको छ । यसअघि पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँ थियो ।
तर, शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने घोषणा मौद्रिक नीतिले गरेको छ ।
हेर्नुहोस् पूर्णपाठः
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अशोक राई नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, प्रस्तावित कार्यसमिति यस्तो छ
- एनआईसी एशिया ‘बैंक पनि, पुस्तकालय भवन बनाइदिने सहयाेगी पनि’
- पहाडी भूभागमा सामान्य वर्षा
- फुट्यो जनता समाजवादी पार्टी , अशोक राई समूह नयाँ पार्टी
- वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत, नेपालीको औसत आयु ७१.३ वर्ष
- उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय
- साताकाे पहिलाे दिन नेप्सेमा २४.५८ अंकको गिरावट
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- नेपाल आइपुगिन् जापानी विदेशमन्त्री
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी
प्रतिकृया दिनुहोस