मौद्रिक नीति सार्वजनिक भएलगत्तै शेयर बजारमा उछाल
- गाउँ सहर संवाददाता
- ७ श्रावण आइतबार, २०८० | १५:१५:०० मा प्रकाशित
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार उछाल आएको छ । आज नेप्से ६३.२४ अंकले बढेर दुई हजार दुई सय २७ दशमलब १६ विन्दुमा बन्द भएको हो ।
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएपछि आजको कारोबारको सुरुवाती समयदेखि नै नेप्से परिसूचत बढेको थियो । तर, राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा शेयर धितो सम्बन्धीको व्यवस्था परिमार्जन गरिएको छैन । बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने मात्रै भनिएको छ ।
त्यस्तै, मौद्रिक नीतिमा भएको व्यवस्था अनुसार शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने भएको छ । यसका साथै धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका प्राइभेट इकयुटी फण्ड/भेञ्चर क्यापिटल फण्डमा बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई सहजीकरण गर्न विद्यमान लगानीसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।
शेयर बजारसंग सम्बन्धी खास कुनै नयाँ व्यवस्था नभएपनि कारोबार भने चार अर्ब नाघेको छ । नेप्सेमा आज चार अर्ब ३७ करोड ५१ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १९९ कम्पनीको शेयरमूल्य बढेको छ भने १६ कम्पनीकोे शेयरमूल्य घटेको छ । एक वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा किसान लघुवित्त वित्तीय संस्था र चन्द्रागिरी हिल्स लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।
त्यस्तै, आज लिवर्टी इनर्जी कम्पनी लिमिटेड, स्वरोजगार लघुवित्त विकास बैंक, ग्लोबल आर्यएमई बैंक र कालिञ्चोक दर्शन लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
आज सबैभन्दा बढी एनआइबिएल ग्रोथ फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १४ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अशोक राई नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, प्रस्तावित कार्यसमिति यस्तो छ
- एनआईसी एशिया ‘बैंक पनि, पुस्तकालय भवन बनाइदिने सहयाेगी पनि’
- पहाडी भूभागमा सामान्य वर्षा
- फुट्यो जनता समाजवादी पार्टी , अशोक राई समूह नयाँ पार्टी
- वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत, नेपालीको औसत आयु ७१.३ वर्ष
- उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय
- साताकाे पहिलाे दिन नेप्सेमा २४.५८ अंकको गिरावट
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- नेपाल आइपुगिन् जापानी विदेशमन्त्री
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी
प्रतिकृया दिनुहोस