गाउँ सहर

प्रदेश खेलकुद परिषदद्वारा खेलकुद संघहरु संगको अन्तक्रिया सम्पन्न

  • १० श्रावण बुधबार, २०८० | १८:३१:०० मा प्रकाशित

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेश खेलकुद संघहरु संग   अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
विभिन्न ३० भन्दा वढि खेल संघरुहको सहभागिता रहेको सो कार्यक्रममा प्रदेशको खेलकुद विकासका लागि खेलसंघहरु संगको विभिन्न समस्याहरुका बारेमा खुलेर छलफल भएको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् ।

सम्पन्न कार्यक्रम बारे जानकारी दिंदै सदस्य सचिव शर्माले परिषदद्वारा अघि सारिएका कार्यक्रमहरु सफल बनाउने संगै खेल संघहरुलाई व्यवस्थित गर्ने लगायतका विषयमा निर्णय गरिएको वताए।

छलफल कार्यक्रममा सहभागिहरुले प्रदेश खेलकुद विकास ऐन २०७७ अनुसार तदर्थ समिति गठन गर्न निकै कठिनाई उत्पन्न भएको बताउँदै तत्कालै सो विषयमा भइरहेको समस्या समाधानका लागि परिषदलाई पहल गर्न आग्रह गरेका थिए ।

प्रदेश खेलकुद संघ गठन भइसकेका संघहरुको अद्यावधिक साधारणसभा सहित प्रदेश खेलकुद परिषदमा दर्ता वा नविकरण गर्र्न तथा दर्ता हुन बाँकी खेल संघहरुले तदर्थ समिति दर्ता र परिषदले संघहरु संग आवश्यक समन्वय गरी सहजिकरण गर्न सहभागि खेल संघका प्रतिनिधीहरुले आग्रह गरेका थिए ।

त्यस्तै हालै परिषदले सूचिकृतका लागि आह्वान गरेका रेफ्रि, जज, एम्पयार, खेल प्राविधिक, प्रशिक्षक र खेल प्रशिक्षण केन्द्रहरुको सूचिकरण गर्न खेल संघहरुले सहयोगको प्रतिवद्धता व्यक्त गर्दै गण्डकी प्रदेशमा स्थापना हुने खेलाडी कल्याणकारी कोषमा रकम वृद्धिका लागि समेत प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै सहभागिहरुले जिल्लास्थित खेल संघहरुको अनुगमन, खेलकुदको विकास, विस्तारका लागि समन्वय गर्दै अघि बढ्ने समेत प्रतिवद्धता व्यक्त गरेको परिषदले जनाएको छ ।

सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले आजको अन्तक्रिया कार्यक्रमले परिषद र खेल संघहरु विच सम्वन्धलाई थप सुमधुर बनाउन भूमिका खेल्ने बताए । 

कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ, ऋषीराम गौतम, कार्यालय प्रमुख तोपलाल भुसाल, क्षेत्रिय खेलकुदका प्रमुख लक्ष्मण प्रसाल योगी, लेखा प्रमुख निलकण्ठ ढकालले समेत आफ्ना भनाई राखेका थिए ।  

तपाईँको मत