ज्योति विकास बैंकद्वारा महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पताललाई बेबीवार्मर प्रदान
- गाउँ सहर संवाददाता
- ८ भदौ शुक्रबार, २०८० | १६:२९:०० मा प्रकाशित

कामठाडाैं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत महाकाली स्वास्थ्य चौकी, नुवाकोट र आँबुखैरेनी अस्पताल, तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबीवार्मर (न्यानो नानी) प्रदान गरेको छ । बैंकले यी अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबीवार्मर प्रदान गरेको हो ।
अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरुबाट महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पतालका पदाधिकारीहरुलगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बिच सो बेबीवार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो। साथै, सोहिकार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्सलगायत सम्बन्धित कर्मचारीहरुलाई आविष्कार केन्द्रका स्वास्थ्य इन्जिनियर मार्फत बेबीवार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको थियो
नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने उक्त मेशिनबाट नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं-५, शेरावगरस्थित महाकाली स्वास्थ्य चौकी र तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं-३ स्थित आँबुखैरेनी अस्पतालमा प्रसुतिसेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन् ।
बैंकले डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रसंगको सहकार्यमा “न्यानो नानी परियोजना” अन्तर्गत पछिल्लो ३ वर्षमा देशका ३५ विभिन्न अस्पतालहरुलाई बेबीवार्मर प्रदान गरिसकेको छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत शुशासनलाई शिरोपरगरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हकहितमा योगदान पुर्याउन ज्योतिविकास बैंक सदैव प्रतिवद्ध रहेको छ ।
ज्योति विकास बैंकले हाल१२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
- आज सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिँदै
- गाउँ सहर डट कमका पौडेल लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा सर्वसम्मत
- भारत–पाकिस्तानबीच युद्धविराम, सैन्य कारबाही रोक्न सहमत
- पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन - भारत
- देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
प्रतिकृया दिनुहोस