काठमाडौं–१६ का वडाध्यक्ष रिजालको निधन, श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिने
- गाउँ सहर संवाददाता
- २१ भदौ बिहीबार, २०८० | ११:०८:०० मा प्रकाशित
काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान निधन भएको हो । फोक्सोमा समस्या देखिएपछि रिजाल पाँच दिनअघि अस्पताल भर्ना भएका थिए ।
रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का सभापतिसमेत हुन् ।
निधन भएका रिजाको पार्थिब शरीर अहिले बिहान ११ बजे देखि अन्तिम श्रद्धान्जलीका लागि राष्ट्रिय सभा गृहमा राखिने भएको छ । उच्च ज्वरो र निमोनियाँ देखिए पछि उनलाई अस्पताल लगिएको थियो । पाँच दिनको उपचार अवधिमध्ये दुईदिन आइसीयू र दुईदिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
सुरुमा श्वासप्रश्वासको समस्या देखिए पनि पछि उनमा रगतको संक्रमण र मिर्गौलामा पनि असर परेको चिकित्सकहरुले बताएका छन् ।
उनलाई अस्पतालमा मेसिनको सहायताले अक्सिजन दिइएको थियो । त्यसपछि घाँटीमा प्वाल पारेर तरल पदार्थ खान दिइएको थियो । तर उनलाई सुधार हुनुको साटो पूरै शरीरमा रगतको संक्रमण फैलिएको थियो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीकाअनुसार उनको पार्थिब शरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ ।
नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजकसमेत रहेका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित भएका थिए । उनको जन्म २०२७ साल कात्तिक १९ गते भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहाडी भूभागमा सामान्य वर्षा
- फुट्यो जनता समाजवादी पार्टी , अशोक राई समूह नयाँ पार्टी
- वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत, नेपालीको औसत आयु ७१.३ वर्ष
- उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय
- साताकाे पहिलाे दिन नेप्सेमा २४.५८ अंकको गिरावट
- नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव
- नेपाल आइपुगिन् जापानी विदेशमन्त्री
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले पायाे १७३ रनकाे लक्ष्य
- सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्यु
प्रतिकृया दिनुहोस