खेल

हाफ टाइमअघि नेपाललाई २-० को अग्रता

काठमाडाैं । साफ यू १९ च्याम्पियनसिपमा मालदिभ्सविरुद्ध नेपालले अग्रता दोब्बर बनाएको बनाएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ चलिरहँदा नेपालले २–० को अग्रता बनाएको हो । 

खेलको छैटौँ मिनेटमा निराजन धामीको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो । त्यसको दुई मिनेट पछि नै निराजन कै प्रहार क्रसबारको थौरैमाथिबाट बाहिरियो । 

१७ औं मिनेटमा प्रशान्त लक्सनको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो । 

खेलको २७ औं मिनेटमा मालदिभ्सका कप्तान मोहम्मदको फ्रिकीक प्रहार नेपालका गोलरक्षक जियारथले सहजै बचाए । 

२९ औं मिनेटमा निराजन धामीको थ्रु पासमा समिर तामाङले उत्कृष्ट गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत