गाउँ सहर

१० नेपालीको इजरायलमा मृत्युमा मंगलबार राष्ट्रिय शोक घोषणा, परिवारलाई १०-१० लाख राहत

काठमाडौं । सरकारले हमासको आक्रमणमा परी नेपालीहरूले ज्यान गुमाएको दु:खद घटनापछि मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले राष्ट्रिय शोक घोषणा गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार उनीहरूको सम्मानमा मंगलबार आधा झण्डा झुकाइने छ । 'यस अकल्पनीय घटनामा दिवङ्गत हुनुभएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने,' मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

गाजा क्षेत्रबाट हमासले शनिबार इजरायली क्षेत्रमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ ।

यस्तै बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय गरेको पनि मन्त्री शर्माले बताइन् । उनका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत