कला

शिशिर ‘शशि’ काे गजल

दशैं र तिहार आउँछ के गर्ने
सम्झनाले सताउँछ के गर्ने

तिमी नै भन अब म के गरूँ 
तिम्रै हुन मन लाउँछ के गर्ने

के गरौं सरकार परदेशी परियो
छातीले देश प्रेम गाउँछ के गर्ने

अन्तिममा यौटा प्रश्न छ मेरो
रुमालमा तिमी बासाउँछ के गर्ने

जब ‘शिशिर’ को समीपमा हुन्छौ
तब वसन्त छाउँछ के गर्ने

तपाईँको मत