प्रविधि

भायानेटको २४औँ वार्षिक उत्सव विशेष अफर र पुराना ग्राहकको निःशुल्क इन्टरनेट अपग्रेड

काठमाण्डौँ । भायानेट कम्युनिकेसन, नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायक, आफ्ना ग्राहकहरूलाई भरपर्दो र किफायती डिजिटल सेवाहरू प्रदान गरेको २४ वर्ष पूरा गरेको छ ।

सन् १९९९ मा आफ्नो स्थापना भएदेखि नै, भायानेटले अत्याधुनिक ब्रोडब्यान्ड इन्टरनेट र आईपीटीभी सेवाहरू उपलब्ध गराएर आफ्ना उपभोक्ताहरूको डिजिटल अनुभव सुधार गर्न निरन्तर लागिपरेको छ । भायानेट ले २४ औँ वार्षिक उत्सब को अवसरमा, विशेष वार्षिकोत्सव अफर घोषणा गरेको छ । जसमा १२५ एम्बिपिएस इन्टरनेटको ३-महिना सदस्यता मात्र रु २४२४ (भ्याट बाहेक) पर्नेछ । यस प्याकेजका नयाँ ग्राहकहरूले जडान शुल्कमा पनि उल्लेखनीय छुट पाउनेछन् । यसका साथै भायानेटको चाडपर्व अफरअन्तर्गत सबै ३ महिना वा सोभन्दा माथिका भायानेट ग्राहकहरूले अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका उपकरणहरूमा ५०% सम्म छुट पाउनेछन् ।

त्यतिमात्र होईन ! आफ्ना ग्राहकहरु प्रति कृतज्ञता जनाउँदै, भायानेटले आफ्नो पुराना ग्राहकको इन्टरनेट नि:शुल्क अपग्रेड गरेको छ । जसमध्ये भायानेटका वार्षिक ग्राहकहरु, जसको २०० एम्बिपिएस इन्टरनेट छ उनीहरुको २५० एम्बिपिएस अपग्रेड भएको छ, ३०० एम्बिपिएस इन्टरनेट भएका ग्राहक ले निःशुल्क ४०० एम्बिपिएस पाएका छन्, त्यस्तै अन्यको पनि इन्टरनेट निःशुल्क अपग्रेड गरिएको छ ।

भायानेटसँग प्रविधिमा सधै एक कदम अगाडी आफ्ना ग्राहकलाई सुबिधा दिने इतिहास छ । २०११ मा, हामीले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स (एफ टि टि एच) को सुरुवात गर्यौँ, जसले देशलाई उच्च-गतिको डिजिटल युगमा अघी बढ्न सहयोग गर्‍यो । २०१६ मा, भायानेटले आइपिटिभी सेवाहरू ल्याएर नेपालमा टिभी हेर्ने अनुभवमा नयाँ पन थप्यो ।

ग्राहकहरूलाई गुणस्तरीय सेवाहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धताले कम मूल्य मा १७५+ टिभि च्यानलहरू प्रदान गर्ने भायाटिभीको सुरुवात गरेको हो । र हामी केहि समय अगाडी मात्रै नेपालको पहिलो मल्टि-गिग इन्टरनेट,२ जिपिएस एक्स जि एस-एक्स्ट्रीम प्याकेज, जुन अत्याधुनिक एक्स जि एस फाइबर टेक्नोलोजीमा निर्मित छ, सुरु गरेकोमा कृतज्ञ छौं । भायानेट कम्युनिकेसनले नेपालमा इन्टरनेट जडानलाई पुन: परिभाषित गर्दैछ ।

उसले भनेकाे छ- हामीले २४ अविश्वसनीय वर्षहरू मनाउँदै गर्दा, हामी हाम्रा कर्मचारीहरू, हाम्रा वफादार ग्राहकहरू, र हाम्रा सबै सरोकारवालाहरूलाई यस यात्रालाई उल्लेखनीय बनाउनको सहयोगी हात बनेकोमा हृदयदेखि धन्यवाद दिन्छौं ।  भायानेट कम्युनिकेसन भविष्यमा व्यक्तिगत र व्यावसायिक दुवै आवश्यकताहरूका लागि इन्टरनेट, टिभी र डिजिटल सेवाहरूको विकासशील मागहरू पूरा गर्न प्रतिबद्ध छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत