अर्थतन्त्र

एन आई सी एशिया बैंकद्वारा भूकम्प प्रभावित क्षेत्रमा रु. ५१ लाख सहयोग हस्तान्तरण

काठमाडाैँ । मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु. ५१ लाख नगद सहयोग प्रदान गरेको छ ।

उक्त रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यूलाई २०८० कात्र्तिक २० गते हस्तान्तरण गरे । २०८० कात्र्तिक १७ गते राति कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराएको हो ।

विनासकारी भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्णमा बैंक परिवारले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत