विदेश जाने विद्यार्थीसँगै तीन महिनामा ३३ अर्ब रुपैयाँ विदेशियाे
- गाउँ सहर संवाददाता
- २४ कार्तिक शुक्रबार, २०८० | १५:३२:०० मा प्रकाशित
काठमाडौं । नेपालबाट विदेश जाने विद्यार्थीसँगै चालु आर्थिक वर्ष (आव) २०८०/८१ को तीन महिनामा ३३ अर्ब रुपैयाँ विदेशिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असोजसम्म शिक्षातर्फ ३२ अर्ब ९२ करोड रुपैयाँ विदेशिएको छ । यो गत आवको यसै अवधिको तुलनामा झण्डै दोब्बर हो । सो आवको तीन महिनामा १७ अर्ब ८९ करोड रुपैयाँ बाहिरिएको थियो ।
यस अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रहेको छ । जसमध्ये शिक्षामा मात्र ३३ अर्ब रुपैयाँ विदेशिएका नेपाल राष्ट्र बैंकले जनाएको छ ।
भ्रमण आय भने १७ अर्ब २ करोड रुपैयाँ छ । यो गत आवको तुलनामा ५१.३ प्रतिशत धेरै हो । पर्यटक आगमनमा भएको वृद्धिसँगै भ्रमण आयसमेत बढेको छ । अघिल्लो आवको तीन महिनामा भ्रमण आय ११ अर्ब २४ करोड रुपैयाँ मात्र थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा सेवा आय २९ अर्ब ५६ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिमा खुद सेवा आय २३ अर्ब ७४ करोड रुपैयाँले घाटामा थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जापान पठाउने भन्दै २१९ जनालाई ठग्ने पक्राउ
- ग्लोबल आइएमई बैंकको प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
- काठमाडौंमा सुरू भयाे सीप मेला, २०८१ जनालाई रोजगारी दिने लक्ष्य
- वेस्टइन्डिज ‘ए’सँग फराकिलो अन्तरले पराजित भयाे नेपाल
प्रतिकृया दिनुहोस