तिहारको चौँथो दिन आज गोवर्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै
- गाउँ सहर संवाददाता
- २८ कार्तिक मंगलबार, २०८० | ०७:०७:०० मा प्रकाशित
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्धन पर्वत, बलि, गोरु र हलीको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्धन पर्वत, बली, गोरु र हलीको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्धन पर्वत मानी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् बताउँछन् ।
भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झना स्वरुप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले ‘हामी त्यसै आएनौँ बली राजाले पठाए’ भनेर भट्याउने चलन चलेको हो ।
वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ ।
यसैगरी वर्षभर गोरु जोत्ने हलि एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी
- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले पायाे १७३ रनकाे लक्ष्य
- सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्यु
- टी–२० विश्वकप खेल्ने नेपाली टोलीलाई क्यानको बिदाइ (तस्बिरहरू)
- सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय
- जापान पठाउने भन्दै २१९ जनालाई ठग्ने पक्राउ
- ग्लोबल आइएमई बैंकको प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
प्रतिकृया दिनुहोस