मुक्तिनाथ कृषि कम्पनीको पहिलो चरणको आईपीओ बाँडफाँड
- गाउँ सहर संवाददाता
- ७ मङ्सिर बिहीबार, २०८० | १४:३८:०० मा प्रकाशित
काठमाडाैँ । मुक्तिनाथ कृषि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको पहिलो चरणको आईपीओ बाँडफाँड गरेको छ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालय लाजिम्पाटमा बिहीबार आईपीओ बाँडफाँड गरेको हो ।
कम्पनीका अनुसार यस निष्कासनमा ३१ हजार १९६ वटा आवेदन प्राप्त भएको थियो । जसमध्ये २ जना आवेदकहरुको आवेदन रितपुर्वक नदेखिएकोले रद्द भएको छ भने कुल ३१ हजार १९४ जना आवेदकहरुलाई योग्य मानेर सेयर बाँडफाँड गरिएको छ । मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट सेयर बाँडफाँड गरिएको छ । जसअनुसार १४ हजार आवेदकले न्यूनतम १० कित्ताका दरले आईपीओ पाएका छन्।
कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई गत कात्तिक १० देखि कात्तिक २४ सम्म १ लाख ४० हजार कित्ता सेयर निष्कासन गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- टी–२० विश्वकप खेल्ने नेपाली टोलीलाई क्यानको बिदाइ (तस्बिरहरू)
- सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय
- जापान पठाउने भन्दै २१९ जनालाई ठग्ने पक्राउ
- ग्लोबल आइएमई बैंकको प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
- संसदको बजेट अधिवेशन आव्हान
- शेयरबजार : काराेबार रकम ४ अर्ब नाघ्याे, नेप्सेमा सामान्य अंककाे गिरावट
- रोहित भर्सेस वेस्टइन्डिज ‘ए’ ! तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
- राष्ट्र बैंकको कारबाहीमा परे ६ बैंक
- जितका लागि वेस्ट इन्डिज ‘ए’ ले दियाे नेपाललाई विशाल लक्ष्य
- टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समेटिए यी खेलाडीहरू
प्रतिकृया दिनुहोस