अर्थतन्त्र

समय थपेर पनि सुध्रिएन सेयर बजार, १७.९३ अंकले घट्याे

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से बुधबार १८७६ विन्दुमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १७.९३ अंक घटेको हो ।

नेप्से अलवा कारोबार रकम पनि घटेको छ, अघिल्लो दिन १ अर्ब २८ करोडको कारोबार भएकोमा बुधबार १ अर्ब १ करोड रुपैयाँमा खुम्चियो ।

कुल ४२ कम्पनीको मूल्य बढ्दा १९० को घट्यो भने ७ को स्थिर रह्यो । यस दिन सबै क्षेत्रका सूचकहरु घटेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.१३ प्रतिशत घट्यो ।

अंकका आधारमा बैंकिङ ८, विकास बैंक ४६, फाइनान्स २१, होटल तथा पर्यटन ५५, जलविद्युत् २८, जीवन बीमा १५९, उत्पादन १०६, माइक्रोफाइनान्स ८, निर्जीवन बीमा १५४ र ब्यापार उपसमूह २९ अंक घटे । अन्य उपसमूह भने जम्मा २ अंक बढ्यो ।

बुधबार प्राविधिक कारणले सेयर बजार बिहान ११ बजेर २४ मिनेटमा मात्रै खुलेको थियो । जसले गर्दा नेप्सेले कारोबार अवधि ३ बजेर २४ मिनेटसम्म कायम गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत