दिगोविकास

नेपाली कांग्रेस शेखर–गगन समूहको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर (शेखर–गगन) पक्षको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बत्तीसपुतलीमा बस्ने छ। 

नेता डा. शेखर कोइरालाले यसअघि मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाएकोमा आफूसँग परामर्श नगरी बैठक बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने भएपछि बैठक आजका लागि सारिएको हो ।

बैठकमा शुक्रबार बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६ देखि १९ सम्मका लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल हुनेछ।

कांग्रेस सभापति शेरबहादुर देउवाले जाडो बढेको, राष्ट्रियसभा निर्वाचनको तयारी र आन्तरिक तयारी नपुगेको भन्दै महासमिति बैठक फागुनमा सार्ने प्रस्ताव गरेका छन् ।

यस्तै, आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन र पार्टीको आन्तरिक भागबण्डाबारे इतर समूहले आज आफ्नो रणनीति बनाउने बताइएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत